१६ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २२ वर्षीय युवक पक्राउ
बर्दियाको मधुवन नगरपालिका–१ कमलपुरका २२ वर्षीय भुपेन्द्र भण्डारी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको टोलीले बिहीबार साँझ भण्डारीलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।