गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने
काठमाडौं– आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइने भएको छ।
वीर अस्पतालका अनुसार फोरेन्सिक विभागसँग समन्वय गरी शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।
राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका नेपालीको शुक्रबार बिहान उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो।