गणेश नेपालीको मृत्यु राष्ट्रिय लज्जाको विषय : कुलमान घिसिङ
काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै घटनालाई राज्यको संवेदनशीलतामाथि उठेको गम्भीर प्रश्न र राष्ट्रिय लज्जाको विषय बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले श्रम गरेर सम्मानपूर्वक बाँच्न खोज्ने युवा आत्मदाह गर्न बाध्य हुनु राज्यप्रति नागरिकको घट्दो भरोसाको संकेत भएको टिप्पणी गरेका छन्।
घिसिङले यस्ता घटना दोहोरिन नदिन राज्यले संवेदनशील, न्यायपूर्ण र मानवकेन्द्रित नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।