राष्ट्रियसभाको बैठक सुरु, मन्त्रीहरूले प्रश्नको उत्तर दिने
काठमाडौं– राष्ट्रियसभाको बैठक सुरु भएको छ। आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने कार्यसूची छ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रको जानकारी पनि गराउनेछन्।