नागरिकसँग सहकार्य गर्न पूर्व गृहमन्त्री अर्यालको आग्रह
काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा नागरिकसँग सहकार्यभन्दा प्रतिद्वन्द्विता बढिरहेको टिप्पणी गरेका छन्।
मुगुका गणेश नेपालीको आत्मदाह घटनासँग जोड्दै उनले कानुनी राज्य सञ्चालन गर्नेहरूले नागरिकसँग सहकार्य गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले मुलुकलाई फेरि द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नगर्न पनि आग्रह गरेका छन्।