गाजामा इजरायली आक्रमणमा ६ जनाको मृत्यु, अमेरिका–इरान तनाव थप चर्कियो
गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। अल जजिराका अनुसार मध्य गाजाको नुसिरात शरणार्थी शिविरसहित विभिन्न क्षेत्रमा ड्रोन आक्रमण हुँदा उनीहरूको मृत्यु भएको हो।
यता, अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य क्षेत्रमा इरानविरुद्ध थप सैन्य कारबाही सुरु गरेको जनाएको छ। जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजिसी) ले उत्तरी जोर्डनस्थित अमेरिकी अल–अजराक एयर बेसमा १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ।
दुवै पक्षबीच सैन्य तनाव बढ्दै गएपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ।