गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा माग
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाह घटनाबारे सरकारको धारणा माग गरेको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपाका नेता वर्षमान पुनले घटनाबारे सरकारको स्पष्ट जवाफ माग गर्दै वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको हो भनी प्रश्न उठाए।
उनले बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाई सरकारलाई जवाफदेही बन्न तथा कम्बोडियामा हिरासतमा रहेका १५ नेपालीको शीघ्र उद्धार गर्न पनि माग गरेका छन्।