गणेश नेपालीको आत्मदाह प्रकरणमा संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
'गणेश नेपालीको मृत्युको जिम्मेवार बालेन सरकार’ भन्दै माइतीघर मण्डलामा शुक्रबार संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।
आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेशलाई न्यायको माग गर्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले 'गणेश नेपालीको हत्यारा बालेन सरकार हो'लगायतका नारासहित विरोध जनाएका थिए ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर धकेलाधकेलसमेत भएको थियो । त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई अघि बढ्न नदिई रोक्ने प्रयास गरेको थियो ।