सुनको मूल्य बढ्यो, चाँदी घट्यो
स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। गत शुक्रबारको तुलनामा सुन प्रतितोला ६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ र चाँदी ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार १४५ अमेरिकी डलर र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।