किन अर्थमन्त्री माथी आलोचना बढाउदै छन शेयर लगानीकर्ता ?
नयाँ सरकार गठन संगै शुसासनमा प्राथमिकता, नेपाल ग्रेलिष्ट बाट निस्कनुनै पर्ने दवाव तथा धितोपत्रसम्बन्धी कसुरसँग जोडिएका अभिव्यक्तिहरूलाई अर्थमन्त्रीज्यूले संसद, सार्वजनिक लेखा समिति, अर्थ समिति तथा नीजि क्षेत्रका केही फोरममा दिनु भएको अभिव्यक्तिबाट मनोविज्ञान कम्जोर भएको थियो ।
विशेषगरी ठूला लगानीकर्ता वा बजारका केही प्रमुख सहभागीहरू सम्पत्ति शुदीकरण तथा धितोपत्र कसुरमा पर्ने संकेत गरेको धारणा बजारमा फैलिएको र सो सगै दिपक भट्ट र व्यापारी पक्राउ परे । धितोपत्र बोर्डबाट ५५ नं दलाल व्यवसायी माथि कारोबार निलम्वनको घटनाले दलाल व्यवसायीमा मनोवल कम्जोर भयो ।
त्यसपछि नेप्सेले शेयर खरिद गर्दा विद्यमान २५ प्रतिशत मार्जिन लिएर मात्रै कारोबार गर्न मिल्ने प्रचलित नियम भएको र सो अनुरुप नभए कारवाहि गर्ने चेतवानी दियो । केहि समय पछि सम्पत्ति शुद्दीकरण विभागले विमा क्षेत्रका संचालक प्रमुख कार्यकारी अधिकृत तथा संलग्न कर्मचारीहरु विरुद अनुसन्धान र अभियोजन गरियो जसवाट पनि बजार थप मनोविज्ञान कम्जोर हुँदै गयो ।
अन्तराष्ट्रिय कारणमा अमेरिका इरान यूद्ध र बढदो तेल तथा सुनको मुल्य तिर आर्कषण पनि बजारको मनोविज्ञानलाई कम्जोर बनाउन मद्दत गरेको हुन सक्दछ ।
न्यून व्याजदर, अधिक तरलता. अर्थतन्त्र बाह्य क्षेत्र मजवुत, गर्भनरज्यूले यस अघि कसिएका कतिपय नीतिहरु क्रमश खुकुलो हुँदै जाँदा पनि बजारमा मनोविज्ञान किन कम्जोर भयो त ?
पूँजीबजारको विकास र विश्वसनीयताका लागि नियामक निकायको नेतृत्व सक्षम, निष्पक्ष र विवादरहित हुनु अत्यन्त आवश्यक हुन्छ। तर विगतमा नियामक निकायका प्रमुखहरूको नियुक्तिमा राजनीतिक वा अन्य प्रकारको प्रभाव परेको भन्ने चर्चा र बजारमा फैलिने हल्ला। विभिन्न अड्कलबाजीले नियामक संस्थाप्रतिको भरोस कम्जोर हुँदा बजारमा विश्वास गुम्दै गयो । तत्कालनी नेपाल धितोपत्र बोर्डका अध्यक्ष कर्मचारी यूनियन र अर्थमन्त्रालय विच पनि लामो समय कर्मचारीको सेवासुविधा सम्वन्धमा विवाद र आन्दोलन हुँदा नीतिगत सुधार हुन सकेन ।
1. कम्जोर मापदण्डमै प्राथमिक शेयरको निश्कासनमा बाढिनै आयो । हकप्रद शेयर निश्कासनमा पछिल्ला वर्षहरूमा केही कम्पनीहरूले यस व्यवस्थाको उद्देश्यभन्दा बाहिर गएर यसको दुरुपयोग गरेको देखिन्छ। विशेषगरी ऋण चुक्ता गर्न, लकइन अवधि समाप्त हुन लागेका शेयर बजारमा मुल्य उच्च कायम राख्ने उद्देश्यले पटक पटक हकप्रद शेयर प्रस्ताव गर्ने प्रवृत्ति बढेको छ। यसले बजारमा अनावश्यक रूपमा शेयरको आपूर्ति बढाएर मूल्यमा दबाब सिर्जना गरेको छ ।
2. धितोपत्र बोर्ड र नेप्सेको नियमन तथा सुपरिवेक्षण अत्यन्तै कम्जोर भएको यत्र तत्र सर्वत्र सुनिने गरेको र बजारमा देखिएका अस्वभाविक गतिवधिमा लगानीकर्ताहरुले नियामकलाई झक्झकाईरहकेको हुन्थे तर नियामकको न्यून जनशक्ति ,प्रयाप्त क्षमताको कमि तथा दवाव वा प्रभावबाट पनि नियमन सुपरिवेक्षण कम्जोर भयो जस्ले बजारमा अराजकता मौलाउदै गयो र सीमित लगानीकर्ता र ब्रोकर रमाउदै गए भने आम लगानीकर्ताको बजारप्रतिको विश्वास कम्जोर हुँदै गयो ।
3. ब्रोकर व्यवसायीहरुमा प्रतिस्पर्धा बढदो गतिमा छ र प्रतिस्पर्धाकै कारणले लगानीकर्ताहरुले मार्जिन लिई वा नलिई कारोबार गर्ने सुविधा पाए । ट्रेडरमा लोभ बढदै गयो एकै व्यक्तिले ब्रोकर पिच्छे हितग्राही खोल्दै एकै व्यक्तिले थुप्रै ब्रोकरबाट कारोवार गर्ने प्रवृत्ति मौलाउदै गयो र जसबाट बजारमा सिमित शेयरहरुमा म्यानुपुलेशन भएको देखिन्थो । बजार हमेशा जोखिमको क्षेत्र भएको जहाँ लगानीकर्ता र दलाल व्यवसायीकोलोभ हावी हुन्छ, अत्यधिक जोखिमले बजार क्रयासको अवस्थामा पुर्याउदछ । अत्यधिक लेभरेज उपयोग गरी बहु ब्रोक्ररबाट तुलनात्मक कम्जोर न्यून आपुर्ति तथा नयाँ सुचिकृत कम्पनीमा लगानी बढाउदै उच्च मुल्य कायम गराउने र लहैलहैमा लाग्ने प्रवृत्तिले ट्रेडर लगानीकर्ता र ब्रोकर दुवै नोक्सानमा हुँदा उच्च तनावमा रहेको देख्न सकिन्छ ।
4. ब्रोकर व्यवसायीहरुले पनि जोखिम व्यवस्थापनलाई वेवास्त गर्दा प्रणालीगत संकट पैदा हुन सक्ने भएकाले पछिल्लो परिदृश्य सरकार र नियमन कडाई हुने संकेत पछि ब्रोकर व्यवसायीहरु कम्पनी बचाउनुपर्छ अत्यधिक लेभरेजले ठूलो संकट निम्त्याउन सक्छ भन्ने महशुस पैदा भए पश्चात केही कडाई गरेको हुन सक्दछ ।
नयाँ सरकार तथा नयाँ अध्यक्षलाई लगानीकर्ता तथा ब्रोक्ररहरुले बजारको प्राविधिक ,संरचनात्मक तथा नीतिगत सुधारमा अल्पकालीन तथा दिर्घकालीन सरकार तथा नियामकहरुले गर्नुपर्ने कार्यको सुझाव भन्दा पनि तत्काल लाभहुने र फसेको बजारबाट कसरी निश्कने भन्ने मनोदशाबाट विभिन्न मागहरु पेश गरिरहेको र त्यसप्रति सरकार नियामक सकारात्मक भएतापनि बजार निरन्तर गिरावट हुँदा लगानीकर्ता अर्थमन्त्री र सरकार प्रति खनिएको सामाजिक संजालमा देख्न सकिन्छ ।