राष्ट्र बैंकका महत्वपूर्ण मौद्रिक नीति अध्ययनकै चरणमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बैंकले घोषणा गरेका धेरै महत्वपूर्ण नीति तथा कार्यक्रम अझै अध्ययन र तर्जुमाकै चरणमा रहेको जनाएको छ।
प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको संरचनागत सुधार, कर्जा वर्गीकरण, डिजिटल बैंकिङ, ‘नियो बैंक’ स्थापना, कर्जा–निक्षेप अनुपात पुनरावलोकन तथा विद्युतीय भुक्तानी विस्तारलगायतका नीति कार्यान्वयन हुन सकेका छैनन्।
यस्तै, लघुवित्तको कर्जा व्यवस्थापन, हायर पर्चेज कम्पनीको नियामकीय व्यवस्था, सुन आयात तथा बिक्री, रेमिट्यान्स कम्पनीको वर्गीकरण र विदेशी लगानीसँग सम्बन्धित नीतिहरू पनि अध्ययनकै चरणमा रहेको राष्ट्र बैंकले जनाएको छ।