चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज शिक्षा तथा खेलकुदमन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्ति पत्र प्रदान गरे।
यसअघि आयोगको उपाध्यक्ष पद रिक्त भएपछि पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक जिम्मेवारी दिइएको थियो।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश ल्याएपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झासहित केही पदाधिकारी पदमुक्त भएका थिए। त्यसपछि आयोगको उपाध्यक्ष पद खाली रहेको थियो।