सेप्टेम्बरमा सी चिनफिङसँग भेट्ने अपेक्षामा ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आगामी सेप्टेम्बर २४ तिर भेट हुने अपेक्षा व्यक्त गरेका छन्।
ह्वाइट हाउसमा नयाँ बलरूम निर्माणबारे बोल्ने क्रममा ट्रम्पले सीको सम्भावित भ्रमणको उल्लेख गर्दै उच्चस्तरीय भेटवार्ताका लागि ठूलो सभागृह आवश्यक पर्ने बताएका हुन्।
उक्त समय न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा पनि आयोजना हुने भएकाले दुवै नेताबीच भेटवार्ता हुने सम्भावना बढेको छ। यद्यपि, सम्भावित भ्रमण र भेटवार्ताबारे दुवै देशले औपचारिक पुष्टि गरेका छैनन्।