प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच आज भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालको विकास प्राथमिकता, पूर्वाधार निर्माण तथा एडीबीको लगानीका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री शाहको निजी सचिवालयले भेटवार्ता भएको जानकारी दिए पनि छलफलका विस्तृत विषय भने सार्वजनिक गरेको छैन।