एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६८ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागीमध्ये ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षामा सहभागी एक लाख २९ हजार ११४ विद्यार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।
बोर्डले परीक्षार्थीले वेबसाइट, एसएमएस, युएसएसडी (USSD) र आइभीआर (IVR) सेवामार्फत नतिजा हेर्न सक्ने जनाएको छ। साथै, नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले असार २५ देखि ३१ गतेसम्म पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।