शैक्षिक परामर्श क्षेत्र सुधारबारे मन्त्रालयमा छलफल हुँदै
शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ।
शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा कन्सल्टेन्सी व्यवसायको अवस्था, निजी क्षेत्रका समस्या, गुणस्तरीय सेवा प्रवर्द्धन, नियमन तथा नीतिगत सुधारका विषयमा छलफल गरिने मन्त्रालयले जनाएको छ।
बैठकमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) लगायत विभिन्न शैक्षिक परामर्शसम्बन्धी संघ–संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्। साथै, शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालनसम्बन्धी नियमावली, २०८३ बारे सुझाव संकलन गरिने जनाइएको छ।