मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा ३ अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री नियुक्त भएसँगै यादवले अब संविधानअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।