काठमाडौँको म्हैपीमा जुवा खेलिरहेको अवस्थामा २४ जना पक्राउ
काठमाडौँको म्हैपीबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गएराति म्हैपीस्थित श्याम शर्माको घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार जुवा खालबाट ९ लाख ६० हजार रुपैयाँ नेपाली नगद, ४६० अमेरिकी डलर र १६ थान कौडा बरामद गरिएको छ ।
पक्राउ पर्नेमा विभिन्न स्थानका २४ जना रहेका छन् । उनीहरूमा जुवा खेल्ने व्यक्तिसँगै घरधनी श्याम शर्मा पनि रहेका छन् ।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले थप अनुसन्धान गरिरहेको जनाएको छ ।