सरकारले लक्ष्यको ९४ प्रतिशत रासायनिक मल आपूर्ति गर्यो
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो परिमाण वार्षिक छ लाख मेट्रिकटन मल आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो। मल खरिदका लागि सरकारले २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
मन्त्रालयका अनुसार हालसम्म तीन लाख २७ हजार ५७९ दशमलव ८० मेट्रिकटन युरिया, दुई लाख तीन हजार ४२६ दशमलव ३० मेट्रिकटन डीएपी र ३० हजार ४८७ दशमलव ७५ मेट्रिकटन पोटास आपूर्ति भएको छ।
असार २४ गतेसम्म देशभरका गोदाममा ९२ हजार ५९२ दशमलव ३५ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ। यस अवधिसम्म अघिल्लो वर्षको मौज्दातसहित पाँच लाख १८ हजार २७८ दशमलव ५५ मेट्रिकटन मल बिक्री भएको छ।
हाल २८८ दशमलव ७५ मेट्रिकटन रासायनिक मल ढुवानीको क्रममा रहेको मन्त्रालयले जनाएको छ।