प्रधानमन्त्री शाहले निर्यात व्यवसायीसँग गरे छलफल
प्रधानमन्त्री वालेन्द्र शाहले प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार र समाधानका उपायबारे छलफल भएको हो।
छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घलगायतका प्रतिनिधिहरू सहभागी थिए।
प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्र सुधार र निजी क्षेत्रको प्रवर्द्धनका लागि उद्योगी व्यवसायी तथा सरोकारवालासँग निरन्तर संवाद गर्दै आएका छन्।