सुनको मूल्य तोलामा १ हजार ९ सयले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं — आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार २४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ रहेको थियो।