नेप्से परिसूचक घट्यो, कारोबार साढे ४ अर्ब नजिक
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अंकले घटेर २,६५३.४० विन्दुमा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६५ अंकले घटेर ४५९.८१ विन्दुमा कायम भएको छ।
आज कुल ३४५ कम्पनीका ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ४१ करोड १२ लाख ३४ हजार ५३७ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारका आधारमा कृषि विकास बैंकको कृषि बण्ड, केबिएल डिबेञ्चर, एनआरएन इन्फ्रास्ट्रक्चर, वेष्ट फाइनान्स र सेन्ट्रल फाइनान्स अगाडि रहेका छन्।
सानिगाड हाइड्रो, स्नो रिभर लिमिटेड, कालङ्गा हाइड्रो, नेपाल फाइनान्स र खानीखोला हाइड्रोका लगानीकर्ताले नाफा कमाएका छन्।
त्यस्तै अप्पर लोहोरे खोला हाइड्रोपावर, धौलागिरी लघुवित्त, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, सामुदायिक लघुवित्त र युनिभर्सल पावरका लगानीकर्ताले घाटा व्यहोरेका छन्।
बजार आज सामान्य गिरावटसहित बन्द भएको छ।