ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी चालक कारबाहीमा
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ जना सवारीचालकलाई कारबाही गरेको छ। सवारी नियम उल्लङ्घन गर्ने चालकबाट १८ लाख ६० हजार ३० रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।
कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६५ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १२२ जना, तीव्र गतिमा चलाउने ११४ जना र सङ्केत बत्ती उल्लङ्घन गर्ने १२० जना रहेका छन्। यस्तै, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडकपेटीमा पार्किङ गर्ने तथा अन्य नियम उल्लङ्घन गर्ने चालक पनि कारबाहीमा परेका छन्।