नेपालको आयात–निर्यात दुवै बढ्यो, वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि
गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले बढी हो।
भन्सार विभागका अनुसार सोही अवधिमा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.८१ प्रतिशतले वृद्धि हो।
आयात र निर्यात दुवै बढेसँगै नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले विस्तार भएको विभागले जनाएको छ।
समीक्षा अवधिमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ र सोयाबिन तेल तथा त्यसका कच्चा पदार्थको भएको छ। निर्याततर्फ भने सोयाबिन तेल तथा त्यसका कच्चा पदार्थ सबैभन्दा बढी निर्यात हुँदा अलैँची दोस्रो प्रमुख निर्यात वस्तु बनेको छ।