बन्दीपुर र म्याग्दे गाउँपालिकाको बजेट पारित
काठमाडौं, २२ असार — तनहुँका बन्दीपुर र म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित बजेट गाउँसभाबाट पारित गरेका छन्।
बन्दीपुर गाउँपालिकाले ६८ करोड ७८ लाख ८० हजार ८४९ रुपैयाँ र म्याग्दे गाउँपालिकाले ७४ करोड ३२ लाख ७८ हजार रुपैयाँको बजेट पारित गरेका हुन्।
दुवै गाउँपालिकाको बजेट गत असार १० गते उपाध्यक्षहरूले गाउँसभामा प्रस्तुत गरेका थिए।