नारायणगढ–मुग्लिन सडकमा पहिरो जोखिम, उपकरण तयारी अवस्थामा
वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन, सेती दोभान र कालीगण्डकी करिडोर क्षेत्रमा लोडर, एक्स्काभेटर र ब्याकहोलोडरसहितका उपकरण तथा अपरेटरहरू २४ सै घण्टा तयारी अवस्थामा राखिएको जनाएको छ।
पहिरो खसेमा तत्काल हटाएर सडक सञ्चालनमा ल्याउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।