सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घट्यो
काठमाडौं — स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यसैगरी चाँदीको मूल्य प्रतितोला १ सय ५ रुपैयाँले घटेर ४ हजार ४ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ।
मङ्गलबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ र चाँदी ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुनको मूल्य २ लाख ८८ हजार ७ सय रुपैयाँ तथा चाँदीको मूल्य ४ हजार ७ सय ३० रुपैयाँ रहेको थियो।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ६४ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।