रास्वपा महाधिवेशन : रञ्जु दर्शनाको उम्मेदवारी कायम, फिर्ताको घोषणा प्रभावहीन
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाको उम्मेदवारी कायम रहने भएको छ।
दर्शनाले उम्मेदवारी फिर्ता लिएर महामन्त्री पदका अर्का उम्मेदवार विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरे पनि निर्वाचन आयोगले उनको उम्मेदवारी यथावत् रहने जनाएको छ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेपछि गरिएको उम्मेदवारी फिर्ताको घोषणा निर्वाचन प्रक्रियाअनुसार मान्य नहुने भएकाले दर्शनाको उम्मेदवारी कायम रहेको हो।
यससँगै महाधिवेशनका प्रतिनिधिहरूले मतदान गर्ने अन्तिम उम्मेदवारको सूचीमा महामन्त्री पदका लागि रञ्जु दर्शनाको नाम यथावत् रहेको निर्वाचन आयोगले जनाएको छ।