सञ्चारमन्त्रीद्वारा नेपाल टेलिकम निरीक्षण, गुणस्तरीय सेवा दिन निर्देशन
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय र दूरसञ्चार कार्यालयको निरीक्षण गर्दै सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्।
उनले सेवा प्रवाहलाई थप डिजिटल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन, ग्राहकका विवरण सुरक्षित राख्न तथा एउटै कागजात बारम्बार पेश गर्नुपर्ने व्यवस्था अन्त्य गर्न आग्रह गरेका छन्। निरीक्षणका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै सेवा प्रवाहबारे जानकारी पनि लिएका थिए।