तीन दिनपछि सुनको मूल्य बढ्यो, चाँदी भने सस्तियो
काठमाडौं — लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य शुक्रबार भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार छापावाल सुन आज प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य ५ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको थियो।
यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले सस्तिँदै ४ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।