सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ५,३०० रुपैयाँले महँगियो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। सुन तोलामा ५ हजार ३०० रुपैयाँ र चाँदी १९० रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि हिजो सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ४ हजार ६५० रुपैयाँमा किनबेच भएको थियो।
मूल्यमा आएको यस वृद्धिसँगै स्थानीय बजारमा सुनचाँदीको कारोबारमा पनि प्रभाव पर्ने देखिएको छ।