नेपाली बजारमा सुन–चाँदीको मूल्यमा ठूलो गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने यही सुन ३ लाख १ हजार ९०० रुपैयाँ मा किनबेच भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९२५ रुपैयाँ रहेको थियो।
बजारमा आएको यो गिरावटले लगानीकर्ता तथा व्यवसायीहरूलाई प्रत्यक्ष असर पर्ने देखिएको छ।