सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश
काठमाडौं — सरकारले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभा मा पेश गरेको छ।
आइतबारको बैठकमा डा. स्वर्णिम वाग्ले ले विधेयक प्रस्तुत गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानुन संशोधन आवश्यक भएकाले अध्यादेशको प्रतिस्थापन विधेयक ल्याइएको जानकारी दिए।
बैठकमा सहकारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सार्वजनिक खरिदसम्बन्धी संशोधन विधेयक पनि पेश गरिएका छन्। साथै, महालेखा परीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदन पनि सदनमा प्रस्तुत गरिएको छ।