कान्स विजेता ‘इलिफेन्ट इन द फग’ टिमलाई विमानस्थलमा भव्य स्वागत
कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’को टिमलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ।
निर्देशक अविनाश शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई बाजागाजा र फूलमालासहित स्वागत गरिएको हो। उनीहरूलाई स्वागत गर्न सञ्चारमन्त्री विक्रम तिमिल्सिना र पर्यटन मन्त्री खड्गराज पौडेल विमानस्थल पुगेका थिए।
त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी तथा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिहरू पनि स्वागतमा सहभागी भएका थिए।