अमेरिकी डलरविरुद्ध चिनियाँ युआन तीन वर्षयताकै बलियो स्तरमा
चिनियाँ मुद्रा युआन अमेरिकी डलरको तुलनामा तीन वर्षयताकै बलियो स्तरमा पुगेको छ। अमेरिका र इरानबीच सम्भावित सम्झौता तथा होर्मुज जलडमरूमध्य पुनः खुल्ने आशाले बजारमा सकारात्मक प्रभाव परेको बताइएको छ।
युआन हाल एक अमेरिकी डलर बराबर करिब ६.७८ युआनको स्तरमा पुगेको छ, जुन फेब्रुअरी २०२३ यताकै सबैभन्दा बलियो विनिमय दर हो।
रोयटर्सका अनुसार होर्मुज मार्ग खुल्ने सम्भावनाले तेल तथा ग्यास आपूर्ति सहज हुने अपेक्षा गरिएको छ, जसले विश्व बजारको तनाव कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
चीनका एक बैंकका ट्रेडरले समुद्री व्यापार पूर्ण रूपमा सामान्य हुन अझै कठिन रहे पनि सुधारको संकेतले बजारमा सकारात्मक सन्देश दिएको बताएका छन्।