मन्त्रिपरिषद् बैठक बस्दै, एजेण्डा गोप्य
मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ। बैठक अपराह्न साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो।
बैठकमा छलफल हुने एजेण्डाबारे भने जानकारी नगराइएको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले बताएकी छन्।