सभामुख डीपी अर्याल र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेट
सभामुख डीपी अर्यालले लैनचौरस्थित उपराष्ट्रपति निवासमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसद्को प्रभावकारी सञ्चालनबारे छलफल भएको सभामुख सचिवालयले जनाएको छ।