विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर
उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
स्थानीयका अनुसार २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी बिरामी परेका हुन्।
शनिबार घरमै बजारबाट ल्याइएको मुसुरोको दालसहितको खाना खाएपछि उनीहरूलाई बान्ता र बेहोस हुने लक्षण देखिएको थियो। बिरामीमध्ये तीन जनाको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि घर फर्किएको छ भने गम्भीर अवस्थामा रहेकी हेमा बुढाथोकीलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको अस्पतालले जनाएको छ।