पाकिस्तानी सेनाप्रमुख मुनीर र प्रधानमन्त्री शरीफ चीन भ्रमणमा
पाकिस्तानका सेनाप्रमुख जनरल असीम मुनीर र प्रधानमन्त्री शहबाज शरीफ चीन भ्रमणमा पुगेका छन्। अमेरिका र इरानबीच सम्भावित सम्झौताका लागि प्रयास भइरहेका बेला उनीहरूको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
जनरल मुनीरलाई अमेरिका–इरान वार्तामा सहजीकरण गर्ने प्रयासमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। गत साता उनी गृहमन्त्री मोहसिन नकवीसँग इरान पुगेका थिए, जहाँ अमेरिका र इजरायलसँगको तनाव कम गर्ने तथा सम्भावित युद्ध रोक्ने विषयमा छलफल भएको बताइएको छ।
यसैबीच चीनले पाकिस्तानसँग सहकार्य गर्दै मध्यपूर्वमा शान्ति र स्थिरता कायम गर्न सकारात्मक भूमिका खेल्ने जनाएको छ।