सांसद अमरेशकुमार सिंहको सरकारसँग मल र किसान भुक्तानीमा ध्यानाकर्षण
काठमाडौँ — प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह ले किसानलाई रोपाइँको सिजन सुरु हुनुअघि पर्याप्त मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार संसदमा बोल्दै उनले हालसम्म मल उपलब्ध हुन नसकेको भन्दै तत्काल आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद सिंहले उखु किसानको बक्यौता भुक्तानी र सरकारी अनुदान ढिलाइ नगरी उपलब्ध गराउनुपर्ने पनि बताए। साथै उनले बागमती नदीको कटानबाट प्रभावित नागरिकलाई राहत र नदी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरे।