पाँच प्रदेशमा आज तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ — मौसम पूर्वानुमान महाशाखा ले आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा दिउँसोपछि हावाहुरीको जोखिम रहनेछ।
कोशी प्रदेशका झापा र मोरङ, मधेसका बारा, पर्सा, सर्लाही र धनुषा, बागमतीका मकवानपुर र चितवन, गण्डकीका नवलपुर र तनहुँ तथा लुम्बिनीका रुपन्देहीसहित आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।