प्रधानमन्त्री बालेन शाहद्वारा इयू आबद्ध देशका राजदूतसँग संयुक्त भेट
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले मंगलबार काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली सङ्घ मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेटघाट गरेका छन्।
सरकार बजेट निर्माणको तयारीमा रहेका बेला प्रधानमन्त्री शाहले प्रमुख दातृराष्ट्रका प्रतिनिधिसँग सामूहिक छलफल गरेका हुन्।
भेटमा नेपालमा नयाँ सरकार गठनपछिको राजनीतिक अवस्था, आगामी बजेट तथा युरोपमा नेपालमाथि लगाइएको हवाई प्रतिबन्धलगायत विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री शाहले यसअघि अमेरिका, इयू र भारतबाट आएका कूटनीतिज्ञहरूसँग एक्लै भेट गर्न अस्वीकार गर्दै आएका थिए।