बजेट प्रस्तुत भइरहेकै बेला हर्क साम्पाङ बैठकबाट बाहिरिए
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेकै समयमा हर्क साम्पाङ संघीय संसद्को संयुक्त बैठकबाट बाहिरिएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट वक्तव्य प्रस्तुत गरिरहेकै बेला साम्पाङ बैठक छाडेर बाहिरिएका हुन्।
उनले आफूलाई अर्को महत्वपूर्ण काम परेको कारण बैठकबाट बाहिरिनु परेको बताएका छन्। “मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ। मेरो अर्को महत्वपूर्ण काम छ, त्यही भएर निस्किएको हुँ,” उनले भने।