आठ प्रमुख शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको घोषणा
सरकारले देशका प्रमुख आठ शहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।
सरकारी योजनाअनुसार विराटनगर, लहान, काठमाडौं, पोखरा, वीरेन्द्रनगर र धनगढी लगायत स्थानमा रंगशाला निर्माण गरिनेछ।
त्यसैगरी, यी क्षेत्रमा कम्तीमा दुई हजार क्षमताका इन्डोर मल्टिपल स्टेडियम आगामी तीन वर्षभित्र निर्माण गरिने पनि घोषणा गरिएको छ।
सरकारले खेलकुद पूर्वाधार विस्तारमार्फत क्रिकेट र अन्य खेलकुदको विकास तथा युवा प्रतिभा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।