सरकारले पोषण भत्ता दोब्बरले बढायो, अब मासिक १ हजार रुपैयाँ
सरकारले पोषण भत्ता दोब्बरले बढाएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै पोषण भत्ता बढाइएको जानकारी दिएका हुन्।
हाल दलित तथा उच्च गरिबी र मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका बालबालिकालाई मासिक ५०० रुपैयाँ दिइँदै आएकोमा अब उक्त रकम बढाएर १,००० रुपैयाँ पुर्याइएको छ।
सरकारले बालबालिकाको पोषण अवस्था सुधार गर्न तथा लक्षित समुदायलाई राहत दिन यो भत्ता वृद्धि गरिएको जनाएको छ।