आगामी आर्थिक वर्षको बजेटमा लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ विनियोजन
काठमाडौँ — सरकारले आ.व. २०८३–८४ को बजेटमा छापा तथा विद्युतीय सञ्चारमाध्यममार्फत प्रसारण गरिने लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट विवरण अनुसार उक्त रकम सरकारी नीति, कार्यक्रम तथा जनचेतनामूलक सन्देशहरूलाई प्रभावकारी रूपमा आम नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमहरूमा प्रयोग गरिनेछ।
सरकारले हरेक वर्ष सञ्चारमाध्यममार्फत लोककल्याणकारी विज्ञापन प्रसारण गर्दै आएको छ। यसलाई राज्यका विकास कार्यक्रम, सामाजिक सचेतना तथा सार्वजनिक हितका सूचनाहरू प्रवाह गर्ने प्रमुख माध्यमका रूपमा प्रयोग गरिँदै आएको छ।
नयाँ बजेट विनियोजनसँगै सरकारी सूचना प्रवाह प्रणालीलाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।