काभा महिला भलिबलमा नेपाल पदकविहीन, भारतसँग पराजित
नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा पदक जित्न असफल भएको छ।
घरेलु मैदानमा भएको प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा शुक्रबार नेपाल भारतसँग ३–१ सेटमा पराजित भयो।
नेपाल महिला राष्ट्रिय भलिबल टोली ले पहिलो सेटमा संघर्ष गरे पनि अन्ततः २५–२२, २५–२३, १५–२५ र २५–२२ को सेटमा हार व्यहोरेको हो।
प्रतियोगिता त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न भएको हो।
यसअघि नेपाल सेमिफाइनलमा इरानसँग ३–० सेटमा पराजित भएको थियो। समूह चरणमा पनि नेपाल भारतसँग ३–२ सेटमा पराजित भएको थियो।
यो नतिजासँगै नेपाल पछिल्ला दुई संस्करणमा पदक जिते पनि यस पटक पदकविहीन बनेको छ।