बजेटमार्फत विद्यालयमा गणित शिक्षामा जोड, आईटी विकाससँग जोड्दै सरकार
सरकारले प्रविधिको युगलाई मध्यनजर गर्दै विद्यालय तहमा गणित विषयलाई प्राथमिकताका साथ अध्ययन गराइने घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो नीति सार्वजनिक गरेका हुन्।
उनका अनुसार सूचना प्रविधि (आईटी) क्षेत्रको विकास बिना देशको समग्र विकास सम्भव छैन। त्यसका लागि विद्यार्थीहरूलाई गणितमा दक्ष बनाउन आवश्यक रहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले प्राथमिक तहदेखि नै गणितप्रति रुचि बढाउने कार्यक्रम अघि बढाइने र यसका लागि सरकारले आवश्यक पहल गर्ने बताएका छन्।