प्रधानमन्त्रीको संसदमा प्रश्नोत्तर गर्न अस्वीकार
काठमाडौं — बालेन शाह ले प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन सभामुख डिपी अर्याल को आग्रह अस्वीकार गरेका छन्।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग एक घन्टा प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था छ। विपक्षी दलहरूले उक्त व्यवस्था कार्यान्वयनको माग गर्दै संसद बैठक अवरुद्ध गरेका थिए।
यसपछि सभामुख अर्याल प्रधानमन्त्री कार्यालय पुगेर अर्को साताभित्र संसदमा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिन आग्रह गरेका थिए। तर प्रधानमन्त्री शाहले समय दिन इन्कार गरेको एक सांसदले बताएका छन्।