रास्वपा महाधिवेशनमा सांगीतिक माहोल, सांसद रमेश प्रसाईंको प्रस्तुतिमा नेता–कार्यकर्ता रमाए
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै सांगीतिक माहोल पनि देखिएको छ।
महाधिवेशनका क्रममा सांसद रमेश प्रसाईंले सांगीतिक प्रस्तुति दिएका थिए। उनको प्रस्तुतिमा कार्यक्रममा सहभागी मन्त्री, सांसद, नेता तथा प्रतिनिधिहरूले ताली बजाउँदै साथ दिएका थिए भने केहीले गीतको तालमा नाचेर उत्साह व्यक्त गरेका थिए।
केही समयका लागि महाधिवेशनस्थल राजनीतिक छलफलभन्दा फरक सांगीतिक वातावरणमा परिणत भएको थियो। सहभागीहरूले प्रसाईंको प्रस्तुतिको खुलेर प्रशंसा गर्दै मनोरञ्जन लिएका थिए।